Showing posts with label स्वास्थ्य. Show all posts
Showing posts with label स्वास्थ्य. Show all posts
दाँतलार्इ चम्किलाे बनाउने घरेलु उपचार विधी ।

_____________________________________________________________________________________________________________________________________________________

  • हाम्राे गाउघरतिर नुन र तेल ले दाँत सफा गर्ने चलन अझै पनि छ , नुनमा २९४ थाेपा सुद्दध ताेरीकाे तेल मिलाएर दात सफा गर्ने गर्नाले केहि दिनमै दाँतकाे पहेलाेपना हटेर जान्छ ।
-  केरालार्इ पिसेर यस्काे पेष्ट बनाउनुहाेस यसकाे पेष्टले खाँतलार्इ दिनहु एक मिनेट मसाज गर्नुहाेस, मसाज पछि दाँत ब्रश गर्नुहाेस र याे उपाए दिनहु गर्नाले दाँतकाे पहेलाेपन हटेर जान्छ चुराेतकाे सेबन गर्नाले पनि दात पहेलाे हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै अाैषधिकाे सेवन गर्नेहरूकाे पनि दात पहेलाे हुन्छ ।

-  तुलसीमा दाँतकाे पहेलाेपन हटाउने गुण रहेकाे हुनछ यसले दाँतकाे पहेलाे पन मात्र हटाउने हैन मुख र दाँत सम्बन्धि अन्य राेग बाट बचाउन समेत सहयाेग गर्दछ । पहिले तुलसीकाे पातलार्इ घाममा सुकाउने, सुकेपछी यसकाे पाउदर बनाउने र टुथपेस्टसंग मिलाएर ब्रस गर्नाले पनि दातकाे चमक अाउदछ ।

- कागतीकाे रसमा रस र पानि बराबर मिलाएर खाना खार्इसके पछि त्यही कागती पानीले दिनहु मुख कुल्ला गर्ने गर्नुहाेस, यसाे गर्दा दातकाे पहेलाे पना हटनुकाे साथै सास गनाउने समस्या बाट पनि छुटकरा पाउन सकिन्छ ।

- सुन्तलाकाे बाेक्रा र तुलसीकाे पात लार्इ घाममा सुकाएर त्यसकाे पाउडर बनाउनुहाे र दात ब्रश गरिसकेपछि उकत पाउडरले दातमा हल्का मसाज गर्नुहाेस, सुन्तलाकाे बाेक्रा बाट प्राप्त हुने भिटामिन सी र क्याल्सियमकाे कारण दात चम्किलाे बन्दै जान्छ ।

- खाना खार्इ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतकाे पहेलाे पन हट्दछ, गाजरमा रहेकाे रेसाहरूले दातलार्इ राम्राे संग सफा गर्न मद्त गर्दछ ।

- निमकाे उपयाेग धेरै पहिले देखी नै दातकाे सफार्इ गर्न प्रयाेग गरिदै अाएकाे पाइन्छ, यसमा दात सेताे बनाउने र दातमा लाग्ने किराहरूलार्इ नष्ट गर्ने शक्ति रहेकाे छ याे दिनहु नीमकाे काठ, निमकाे सानाे हाँगाले दात सफा गर्ने गर्नाले दाँतमा कुनै किसिमकाे राेग नलाग्नुकाे साथै दात चम्किलाे बनाउन मद्दत गर्दछ ।

- स्ट्रबेरी दाँत चम्किलाे बनाउने सबै भन्दा सरल उपाय हाे, यसमा पार्इने मालिक एसिड ले दाँतलार्इ सेताे र चम्किलाे बनाउदछ ।
स्राेत : मेडियानेप
कुर्कुच्चा फुट्ने समस्याकाे घरेलु उपचार विधी ।

_____________________________________________________________________________________________________________________________________________________

           कुर्कुच्चा फुटेर बाक्लाे अनि कडा सेताे छालाकाे लेउ लाग्ने सस्याले अधिकाँशलार्इ सतार्इरहेकाे हुनछ ।
बृढाबृद्ढाहरूलार्इ मात्रै नभएर युवा तथा प्राैढहरूमा पनि यस्ताे समस्या अाउन सक्दछ । सबैले यसलार्इ कुर्कुच्चा फुटेकाे भन्छन, तर खासमा याे फुटेकाे हाेर्इन । यहि नै शरीरकाे प्रतिरक्षा प्रणाली हाे । तर यसलार्इ बेलैमा सफा नगरे,यसले विकराल रूप लिन सक्छ र निकाे नहुने गरी त्यहि टाँसिएर बस्न सक्छ ।

जब अाम्राे शरीरकाे कुनै अङ्ग र अर्काे कुनै कडा बस्तुकाे नियमित घर्षण भर्इरहने हुन्छ भने हाम्राे नरम छालाले अाफुलार्इ त्यस बस्तुबाट बचाउनकाे लागि कडा छालाकाे रक्षात्मक बाँध लगाउदछ । याे कडा छालालर्इ क्यालस भनिन्छ र याे विशेष गरी खुट्टा र हातमा अाउने गर्दछ ।
याे समस्या हटाउनकाे लागि केही समय लाग्छ तर असम्भव छैन । केहि प्राकृतिक, सस्ताे र घरेलु उपायहरू छन, जसले याे समस्या हटाउन मद्दत गर्दछ ।

१। चिनी
- अाधा गिला चिनी एउटा भाँडामा राख्नुहाेस । - त्यसमा चिनीकाे अाधा भागजति मनताताे पानी अथवा ग्लिसिरिन अथवा नरीवलकाे तेल राखेर घाेल्नुहाेस र बाक्लाे लेदाे बनाउनुहाेस। त्याे मिश्रणमा पुदिना पनि मिसाउन सकिन्छ । - अब याे मिश्रणलार्इ क्यालस लागेकाे कुर्कुच्चा वा फुटेकाे छालामा दैनिक लगाउदा छालालार्इ नरम बनाउनुकाे साथै सफा पनि बनाउदछ ।

२। भुइँकटहर
- भुर्इकटहर तास्ने वित्तिकै त्यसकाे बाेक्राले फुटेकाे छाला वा कुर्कुच्चालार्इ पुर्ण रूपमा ढाक्नुहाेस, र नरम कपडाले बाँधिदिनुहाेस । - केहि घन्टाकाे अन्तरालमा त्यसलार्इ परिवर्तन गर्नुहाेस, एक हप्ता सम्म दैनिक यसाे गर्नाले भुर्इकटहरकाे बाेक्रामा हुने इन्जाइम र एसिडले फुटेकाे ठाउलार्इ निकाे बनाउदछ ।

३। बेकिङ्ग साेडा
फुटेकाे कुर्कुच्चालार्इ निकाे पार्ने सबैभन्दा राम्राे उपाय भनेकाे मनताताे पानीले भिजाउनु नै हाे । यसले कडा छालालार्इ नरम बनार्इ निकाे हुन मद्दत गर्दछ। साथै एक गिलास मन ताताे पानीमा तिन चम्चा बेकिङ्ग साेडा मिसाएर पनि कुर्कुच्चालार्इ त्यसमा डुबाउनेहाे भने याे राेगकाे निवारण हुन्छ ।
स्राेत : मेडियानेप
no image

_____________________________________________________________________________________________________________________________________________________

सेक्सअघि के नखाने?
गेडागुडी
गेडागुडी चाँडै पच्दैन। गेडागुडी खानाले ग्यास बनाउँछ। सेक्सको मजालाई ग्यासले कम गरिदिने भएकाले सेक्सअघि भरसक गेडागुडी खानु हुँदैन। साथै गेडागुडीमा पाइने सुगर पच्न समय लाग्छ। अपच पेट सेक्सका लागि अनुकूल हुँदैन।

ब्रोकाउली
ब्रोकाउली र काउलीमा पनि गेडागुडीमा जस्तै सुगर पाइन्छ। जुन पच्न समय लाग्छ। अमेरिकाको जोन हप्किन्स अस्पतालले गरेको एउटा अनुसन्धानअनुसार यस्तो सुगर पचाउन शरीरले मिथेन रिलिज गर्नेगर्छ। सेक्सका क्रममा उपयोगी हुने मिथेन ग्यास निस्कासन हुनु राम्रो होइन।

लसुन र प्याज
सेक्समा लीन हुनअघि लसुन खानु हुँदैन। यसले मुख र श्वासलाई दुर्गन्धित बनाउँछ, साथै पेट पनि फुलाउँछ। फुलेको पेट र दुर्गन्धित श्वासले सेक्सलाई आनन्ददायक बनाउन सक्दैन।

पनिर
पनिर धेरैजनाको मनपर्ने खान्कीमा पर्छ। तर, सेक्सअघि यो पनि भरसक खानु हुँदैन। पनिरको स्वाद र गन्ध मुखमा लामो समयसम्म रहन्छ। यसले यौन उत्तेजनालाई शान्त गर्छ। त्यसैले सेक्सअघि पनिर खानु त्यति राम्रो मानि"दैन।

रातो मासु
रातो मासु हेभी डाइट हो। रातो मासु खाएपछि पच्न लामो समय लाग्छ। रेड मिट खाएपछि निन्द्रा लाग्छ, शरीर आलस्य हुन्छ। यस्तो अवस्थामा सेक्स गर्नु त्यति आनन्ददायक हुँदैन।

चिज
चिज पनि पच्न समय लाग्छ। यसले ग्यास बनाउने र पेट ढुस्स बनाउने गर्छ। यस्तो पेट सेक्समा लिन हुन उपयोगी हुँदैन।

चुइङ्गम
चुइङ्गम खानाले मुख फ्रेस हुन्छ र यसले चुम्बनलाई भव्य बनाउन सहयोग गर्छ। तर, सेक्सका लागि चुइङ्गम चपाउनु राम्रो मानिँदैन। मायो क्लिनिकले गरेको एउटा अध्ययनले चुइङ्गम चपाउँदा निलिने हावाले ग्यास फर्मेसन गराउने र यसबाट सेक्सको मुड कम हुने तथ्य पत्ता लगाएको थियो।

तारेको आलु
तारेको आलुमा फ्याट बढी हुन्छ। यसले शरीरको रक्तसञ्चारलाई सुस्त बनाउँछ। तर, सेक्समा रक्तसञ्चार तीव्र हुनु राम्रो हुन्छ। साथै तारेको आलुमा नुनको मात्रा कम हुने भएकाले यसले उत्तेजना घटाउने र शरीरलाई अल्छी महसुस गराउने गर्छ।

पुदिना
पुदिनाले मुखलाई वासनादार बनाए पनि यसले उत्तेजना घटाउने काम गर्छ। पुदिना खानाले शरीरमा टेस्टोस्टोरोन हर्मोनको मात्रा घट्छ। टेस्टोस्टोरोन पुरुषको यौन हर्मोन भएकाले यसको मात्रा घटनाले दुवैले यौनको चरम आनन्द प्राप्त गर्नबाट वञ्चित हुन्छन्।
स्राेत :-  नागरिक न्यूज
no image

_____________________________________________________________________________________________________________________________________________________



Pimples-on-Face


हेल्थ टुडे : डन्डीफोर किशोरवस्थामा अनुहार र ढाडमा आउने पीपले भरिएको बिबिरो हो । किशोरावस्थामा डन्डीफोर आउने साधारण कुरो हो ।
शरीरको रागरसले गर्दा छालाको तेल निकाल्ने ग्रन्थीहरूलाई क्रियाशील बनाउँदछ र यी ग्रन्थीको आकारमा वृद्धि हुन्छ । यसमा हुने चिल्लो पदार्थले गर्दा जब ग्रन्थीको छाला बाहिर खुल्ने मुखको प्वाल बन्द हुन्छ तब ती ग्रन्थीहरू पाक्छन् र पीप भरिएको डन्डीफोरमा परिवर्तन हुन्छन् ।
मुखलाई लगातार साबुनपानीले धोएर छालालाई सुक्खा पारेर सफासँग राखेमा अनुहारमा आएका डन्डीफोरलाई बढ्नबाट रोक्न सकिन्छ । तर डन्डीफोरलाई कसै कसैले कोट्याउने, चिमोट्ने गर्ने गर्दछन् जुन बिल्कुलै गलत हो । यस्तो गरेमा पछि संक्रमण पनि हुन सक्छ ।
डन्डीफोरबाट बच्न खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । जस्तै चिल्लो पदार्थ भएको खाना, चकलेट, सुपारी, मादक पदार्थ भुटेको, तारेको आदि खानाहरूको छाला र डन्डीफोरलाई नराम्रो असर पार्दछन् । यदि त्यो अवस्था चिन्ताजनक भएमा छाला रोग विशेषज्ञ डाक्टरको सल्लाह लिनु पर्दछ ।
यौनसम्पर्क गरेपछि डन्डीफोर कम हुन्छ भन्ने धारणा एकदमै गलत कुरा हो । डन्डीफोर कम गर्न त छालालाई सुक्खा र सफा राख्नुपर्दछ ।
no image

_____________________________________________________________________________________________________________________________________________________

green-tea-benefitsएजेन्सी / वैज्ञानिकहरुल गरेको एक अध्ययनकाअनुसार ‘ग्रिन टि’ नियमित सेवन गर्नाले प्रोटेस्ट क्यान्सरको खतरा कम हुने देखिएको छ । यसको नियमित सेवनले पुरुषहरुमा हुनसक्ने यस्तो क्यान्सरको जोखिमलाई कम गर्न मद्दत गर्छ ।
भारतीय मुलका वैज्ञानिक नागी कुमारले गरेको अध्ययनले यस्तो देखाएको हो । मोफफित क्यान्सर सेन्टर अमेरिकाकातर्फबाट उनले गरेको अध्ययनमा ‘ग्रिन टि’ ले क्यान्सरका जीवाणुको विकासमा रोक लगाउने र यस्तो समस्या भएकाहरुमा समेत थप विकास हुनबाट जोगाउने देखिएको छ ।
अध्ययन कर्ताहरुले ‘ग्रिन टि’ क्याप्सुलहरु पनि बनाएका छन् । जसको नाम ‘पोलिफेनन ई’ राखिएको छ । यसलाई दिनमा दुई पटकसम्म सेवन गर्नाले प्रोटेस्ट क्यान्सर हुने सम्भावना निकै कम हुने अध्ययनकर्ताको दाबी छ । उनीहरुले ‘ग्रिन टि’ को सेवनले क्यान्सर सेलको विकासमा रोक लगाउने र विकसित भएका क्यान्सर सेल पनि मर्ने दाबी गरेका छन् ।
उनीहरुले एक वर्षको अवधिमा ४९ जना बिरामीमा उपचारका क्रममा ‘ग्रिन टि’ क्याप्सुलको प्रयोग गरेर यस्तो निश्कर्षमा पुगेको बताएका छन् । अध्ययनकर्ताहरुकाअनुसार ‘ग्रिन टि’ क्याप्सुल प्रयोग गरिएका बिरामीहरुमा यसको प्रभाव निकै सकारात्मक देखिएको उनीहरुले दावी गरेका छन् ।
no image

_____________________________________________________________________________________________________________________________________________________

ब्लड प्रेसर के हो ?
  • गौतम ‘उदय’
1 (11)छाती छाम्यो भने पनि प्रस्ट थाहा हुन्छ । अझ कसैको छातीमा कान टाँसेर सुन्यो भने त ठूलै आवाजले भड्केको सुनिन्छ मुटु । हाम्रो बोलीचालीको भाषामा त्यसलाई मुटु चलेको भनिए पनि वास्तवमा त्यो मुटुले रगतलाई शरीरका विभिन्न भागमा पुर्याउनका लागि जोडले धकेलेको हो । हाम्रो शरीरका हरेक कोषले जीवित रहनका निम्ति आवश्यक पर्ने तत्वहरू खाना, हावा आदि रगतमार्फत नै प्राप्त गर्छन् ।
मुटुबाट धकेलिएको रगत सुरुमा दुईवटा ठूला धमनीमा जान्छ । यिनीहरू मुटुको दायाँ र बायाँ दुईतर्फ जोडिएका हुन्छन् । दायाँतर्फको धमनीमार्फत जाने रगत फोक्सोमा जान्छ भने बायाँ धमनीमार्फत जाने रगत शिरा नामक अलि साना धमनीमा जान्छ ।
साना धमनीहरू धेरै नै हुन्छन् । विभिन्न आकारका हुन्छन । तिनीहरू कोषिका नामक एकदम साना रक्तनलीहरूसँग जोडिएका हुन्छन् भने कोषिकाहरू शरीरका हरेक कोष–कोष र मांसपेशीसम्म पुगेका हुन्छन् ।
शिराहरूको आकार अनुसार तिनीहरूमा करिब १० देखि सयसम्म कोषिकाहरू जोडिएका हुन्छन् । कोषिकाले खाना, अक्सिजन आदि कोष–कोषमा पुर्याउँछन् । अनि, कोषमा भएको बिकार अथवा अनावश्यक कुराहरू फर्काएर ल्याउँछन्, जुन विभिन्न माध्यमले शरीरबाट बाहिर निस्कन्छ ।
हामीले नेपालीमा भन्दा धमनी, शिरा, कोषिका सबैलाई नशा भन्छौँ । तर, त्यो भनाइ सही होइन । नशालाई अंग्रेजीमा भेइन भनिन्छ । नशाले शरीरका विभिन्न भागबाट बिकारयुक्त रगतलाई प्रशोधनका लागि मुटुमा ल्याउने काम गर्छ ।
वास्तवमा धमनी, शिरा, कोषिका, नशा सबैलाई रगत हिँड्ने बाटाहरू भन्दा पनि अत्युक्ति हुँदैन ।
मुटुदेखि शरीरका हरेक कोषसम्म रगत पुग्ने प्रक्रियालाई नहर योजनासँग दाँज्ने हो भने मुटु भनेको खोलाबाट पानी तानेर नहरमा पानी पठाउने पम्प हो । धमनी भनेको मुहानको ठूलो नहर, शिरा भनेका शाखा नहरहरू, कोषिका भनेका खेतसँग जोडिएका कुलाहरू र हाम्रो शरीरका कोषहरू भनेका खेतका गराहरू हुन् ।
blood-pressure-test
मुटुले जोडले धकेलेको रगत धमनीहरूमार्फत सही तरिकाले अगाडि जानको लागि धमनी पनि सही प्रकारको हुनुपर्छ । धमनीलाई साइकलमा हावा हाल्ने पम्पमा जोडिएको रबरको नलीसँग तुलना गर्न उचित हुन्छ । पम्पबाट राम्रोसँग हावा पास हुनका लागि उक्त नली लचकदार हुनुपर्छ, कडा हुनु हुँदैन । अनि, नलीमा कुनै फोहोर तथा कचडा जमेको वा पसेको हुनु हुँदैन । नली कडा भएको छ भने अथवा भित्र केही फोहोर छ भने पनि उक्त नलीबाट हावा त केही मात्रामा जान्छ । तर पम्पलाई बढी बलले दबाउनुपर्छ ।
त्यसरी नै धमनी पनि पर्याप्त मात्रामा खुला र लचकदार हुनुपर्छ । यदि धमनी कडा भयो भने अथवा यसको प्वाँलमा कुनै कुराले साँगुरो बनायो भने मुटुले पनि बढी जोडले रगत धकेल्नुपर्छ । बढी जोडले धकेल्नु भनेको नै मुटुले सकिनसकी बढी काम गर्नु हो । जसकारण रक्तचाप अर्थात् ब्लड प्रेसर बढ्न जान्छ ।
धमनी कडा हुनुको मूल कारण नुन बढी खानु हो भने प्वाल साँगुरो हुनुको मूल कारण प्वाँलमा बोसो लाग्नु वा जम्मा हुनु हो ।
धमनीबाट राम्रोसँग रगत पास हुन नसक्नुको अर्को पनि असर हुन्छ । जसरी मुख्य तथा सहायक नहरहरू आवश्यक मात्रामा फराकिला र सफा नहुँदा खेतमा राम्रोसँग पानी पुग्न सक्दैन, त्यसरी नै धमनी तथा शिरा र कोषिकामार्फत पूर्ण स्तरको रक्तप्रवाह हुन नसक्दा शरीरका विभिन्न भागका कोषहरूले चाहिँदो मात्रामा आवश्यक तत्व प्राप्त गर्न सक्दैनन् । त्यसो हुनु पनि शारीरिक असर नै हो ।
ब्लड प्रेसर मापन
ब्लड प्रेसर दुई प्रकारका अंकको आधारमा नापिन्छ । माथिल्लो अंकलाई सिस्टोलिक भनिन्छ भने तल्लो अंकलाई डायस्टोलिक भनिन्छ । सिस्टोलिक भनेको मुटु खुम्चिएको बेलाको धमनीको प्रेसर हो भने डायस्टोलिक भनेको मुटुको धड्कनको दुई गतिको बीचमा मुटुले आराम गर्दाको प्रेसर हो । मानौं तपाईंको प्रेसर १२०–८० छ भने १२० सिस्टोलिक हो भने ८० डायस्टोलिक प्रेसर हो ।
उपल्लो अंक १०० देखि १४० र तल्लो अंक ६० देखि ९० बीचमा छ भने त्यो रक्तचाप सामान्य हो । त्योभन्दा बढी हुनु भनेको उच्च रक्तचाप अर्थात् हाई ब्लड प्रेसरको अवस्था हो भने कम हुनु भनेको अल्प रक्तचाप अर्थात् लो ब्लड प्रेसरको अवस्था हो ।
यदि रक्तचाप १२० देखि ७५ छ भने त्यो एकदम राम्रो आदर्श रक्तचाप हो ।
यसकारण रक्तचाप हाई अथवा लो हुन्छ भनेर ठ्याक्कै भन्न मिल्दैन । यो वंशाणुगत पनि हुन सक्छ । र, व्यक्तिले आफ्नो जीवनयापनको तरिका नमिलाउँदा पनि रक्तचापको समस्या आउन सक्छ ।
त्यस्तै, मुटुको मांसपेशीको तन्दुरुस्तीपन, धकेल्न सक्ने क्षमता, धमनीको कडापन, धमनीको साथै कोषिकाहरूको फराकिलोपन पनि खानपान, धुम्रपान, सुरापानको मात्रा, शारीरिक परिश्रम आदिबाट प्रभावित हुन्छ । हाई ब्लड प्रेसर तथा लो ब्लड प्रेसर दुवै हाम्रा लागि खराब हुन्छन् ।
लक्षण
टाउको दुख्नु, नाकबाट रगत आउनु, श्वास फेर्न असजिलो हुनु, मुटु अस्वाभाभिक जोडले धड्कनु, आँखाले धमिलो देख्नु, अनुहार रातो हुनु, झड्याङ्ङ रिस उठ्नु, नाथ्रो फुटिरहनु, निद्रा नलाग्नु, आदि हाई ब्लड प्रेसरका लक्षण हुन् ।
त्यस्तै, बिस्तारै टाउको दुखिरहनु, रिँगटा लाग्नु, मुटुको धड्कन अचानक घट्नु या बढ्नु, वाकवाकी लाग्नु, दुविधा हुनु, जतिखेर पनि निद्रा लाग्नु, आँखा धमिलो हुनु, कान टिन्न गर्नु, छिटो चल्मलाउँदा अचानक बेहोस भएर लड्नु आदि रक्तअल्पताका लक्षण हुन् ।
निम्नकोटिको मधुमेह हुने ३० प्रतिशत र उच्चकोटिको मधुमेह हुने ८० प्रतिशत व्यक्तिलाई ढिलो वा चाँडो हाई ब्लड प्रेसर हुन्छ, हुन्छ ।
त्यसको अतिरिक्त मिर्गौलाको समस्या हुने, शरीरमा हर्मोनको ठीक अनुपातमा नहुने, धुम्रपान गर्ने, मद्यपान गर्ने, औसत तौलभन्दा पाँच किलो बढी तौल हुनेलाई, राति काम गर्नेहरूलाई, पर्याप्त नसुत्नेहरूलाई, फलफूल र हरियोपरियो कम खानेलाई, तेल र बोसोयुक्त खाना बढी खानेलाई, नुन तथा मसला बढी खाने चलन भएका अफ्रिकी र दक्षिण एसियाली मूलका व्यक्तिलाई, शारीरिक परिश्रम नगर्नेहरूलाई, गर्भवती तथा गर्भनिरोधक चक्की प्रयोग गर्ने महिलालाई, ४० वर्ष कटिसकेका व्यक्तिहरूलाई हाई ब्लड प्रेसर हुने धेरै सम्भावना हुन्छ ।
ब्लड प्रेसर बढ्यो भने मिर्गौला बिग्रिने, श्वासप्रश्वास तथा मुटुसम्बन्धी धेरै प्रकारका रोग लाग्ने, अन्धो हुने, हृदयघात हुने, मस्तिष्कको नशा फुटी मस्तिष्कघात हुनेलगायत जीवनलाई नै जोखिम पार्ने नराम्रा परिणाम हुन सक्छन् ।
समाधानका उपाय
खानपान सुधार्ने, धुम्रपान र मद्यपान त्याग्ने, समस्या पर्दा पनि पृथ्वी नै पल्टेलाजस्तो गरी नआत्तिने स्वाभाविक रूपले लिने, हरियो चिया प्रशस्त पिउने, बेलैमा र दिनको कम्तीमा ८ घन्टा सुत्ने, शारीरिक परिश्रम गर्ने गरे दुवै प्रकारको ब्लड प्रेसर नियन्त्रण हुन सक्छ ।
दिनमा आधा घन्टा मात्र छिटोछिटो हिँड्यो भने पनि महिना दिनभित्र ब्लड प्रेसरमा धेरै नै सुधार आउँछ । सकेमा र समय मिलेमा दिनमा १० हजार पाइला हिँड्ने हो भने त एक महिनामै ब्लड प्रेसर ठीक अनुपातमा आउँछ । औषधि नै खानुपरे पनि ढुक्कसाथ खानुपर्छ । औषधि खायो भने खाइराख्ने बानी पर्छ भन्ने भनाई धेरै नै सुन्न पाइन्छ, त्यो सरासर गलत हो ।
Sourcs : राताेपाटी
दुध सँग के के कुराहरू प्रयोग गर्नु हुँदैन... जानी राख्नुस

_____________________________________________________________________________________________________________________________________________________

          दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ । दैनिक रूपमा एक गिलास दुध पिउनाले तपाईको मष्तिष्कलाइ निकै फाइदा गर्छ । तर, यदी दुधको प्रयोग गर्दा केही करामा ध्यान दिन सकिएन भने दुधले फाइदा भन्दा बेफाइदा गर्ने सम्भावना बढी रहन्छ ।
थाहा पाऔ दुधलाई कुन अवस्थामा प्रयोग नगर्नु राम्रो हुन्छ ।

- हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ । तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन ।

– दुधका साथै दही कहिल्यै पनि पिउनु हुन्न । दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ ।

– दुधको साथमा मूला, जामुन, माछा जस्ता पदार्थ पनि लिन हुँदैन । यी चीज दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ । यसले पनि छालामा समस्या देखिन सक्छ ।

– दुधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।
– दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ ।
– दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ ।
– सुत्नु भन्दा तीन घण्टा अगाडि दुध पिउनु फाइदाजनक हुनु राम्रो हुन्छ । तर, तातो दुध सुत्नु भन्दा अघि खानाले स्वप्नदोष हुने सम्भावना बढी हुन्छ ।
धनिया - स्वास्थ्य को लागि औषधि

_____________________________________________________________________________________________________________________________________________________

चाहे पात होस् वा गेडा तरकारीमा धनिया राखेर खाँदा निकै स्वादिलो हुन्छ । अचारमा धनियाको पात मिसाउँदा
निकै सुगन्धित तथा स्वादिलो हुन्छ । हामीले खानालाई स्वादिलो बनाउनका लागि धनियाको प्रयोग गर्छौँ । तर धनियाले केवल खानालाई स्वादिलो वा सुगन्धित बनाउने मात्र होइन । धनियामा औषधीय गुण पाइन्छ अर्थात् यसको नियमित सेवनले हामीलाई धेरै खालका स्वास्थ्य समस्याबाट जोगाउँछ । आखिर धनियाका गुन के के छन् त ?
जोर्नी दुख्ने समस्या अर्थात् आर्थ्राइटिस विरामीका लागि धनिया निकै लाभदायी हुन्छ । धनियाका पातमा एन्टी ट्युमेरिक तथा एन्टी आर्थ्राइटिक गुण हुन्छ । जसले जोर्नी सुन्निने तथा दुख्ने समस्या कम गर्छ ।
आँखालाई स्वस्थ राख्न पनि धनियाको नियमित सेवन गर्नुपर्ने हुन्छ । धनियाको पात पानीमा उमाल्ने र त्यसलाई छानेर पानी बोतलमा खन्याउने । त्यो पानी चिसो बनाएर दुइ थोपा नियमित आँखामा राख्ने गर्दा आँखा पोल्ने तथा दुख्ने र बढि आशु आउने समस्या कम हुन्छ ।
छालाको सुन्दरताका लागि पनि धनिया लाभदायी हुन्छ । धनियाको पातले छालालाई सुन्दर र स्वस्थ बनाउँछ । धनियाको पात मज्जाले पिँधेर अनुहारमा लगाउने र केही बेर राखेर सफा पानीले अनुहार पखाल्नुपर्छ ।

धनियाको पातको रसमा हलेदोको रस मिलाएर अनुहारमा लगाउँदा विभिन्न खालका खटिरा तथा अन्य खाले छालाका रोग पनि निको हुन्छ र अनुहारमा चमक बढ्छ । धनिया मधुमेह तथा उच्च रक्तचापका विरामीका लागि समेत लाभदायी हुन्छ । यसले सरीरमा इन्सुलिनको मात्रा सन्तुलित गर्ने, कोलेस्टेरोल तथा चिनीको मात्रा समेत सन्तुलित गर्न मद्दत गर्छ