HI, I’M DTH NIRMAL

Video graphy is the passion of my Life

About Me

Who Am I ?

Hello, Everyone NAMASTE !

The author of this blog is Mr. Nirmal Thapa, known as a Videographer from Baglung District of Nepal. Actually, In the upcoming days Promoting the Truism industry in Nepal is a purpose of this Blog through the videos like Documentary, Vlog and Many More.

A dream of my childhood days was becoming the professional video grapher in the future & now coming to the present phase, the dream has been came as a reality. So, Until the end of my life...... this passion will be given continues.

"

I LIKE TO MOVIE IT

I love capturing emotions, relations and feelings,

I'm not directing your day,

i'm just documenting true stories

"

Dth Nirmal YouTuber

MY WORK

WHAT I CAN DO

My Blog

MY BEST WORKS
दाँतलार्इ चम्किलाे बनाउने घरेलु उपचार विधी ।

_____________________________________________________________________________________________________________________________________________________

  • हाम्राे गाउघरतिर नुन र तेल ले दाँत सफा गर्ने चलन अझै पनि छ , नुनमा २९४ थाेपा सुद्दध ताेरीकाे तेल मिलाएर दात सफा गर्ने गर्नाले केहि दिनमै दाँतकाे पहेलाेपना हटेर जान्छ ।
-  केरालार्इ पिसेर यस्काे पेष्ट बनाउनुहाेस यसकाे पेष्टले खाँतलार्इ दिनहु एक मिनेट मसाज गर्नुहाेस, मसाज पछि दाँत ब्रश गर्नुहाेस र याे उपाए दिनहु गर्नाले दाँतकाे पहेलाेपन हटेर जान्छ चुराेतकाे सेबन गर्नाले पनि दात पहेलाे हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै अाैषधिकाे सेवन गर्नेहरूकाे पनि दात पहेलाे हुन्छ ।

-  तुलसीमा दाँतकाे पहेलाेपन हटाउने गुण रहेकाे हुनछ यसले दाँतकाे पहेलाे पन मात्र हटाउने हैन मुख र दाँत सम्बन्धि अन्य राेग बाट बचाउन समेत सहयाेग गर्दछ । पहिले तुलसीकाे पातलार्इ घाममा सुकाउने, सुकेपछी यसकाे पाउदर बनाउने र टुथपेस्टसंग मिलाएर ब्रस गर्नाले पनि दातकाे चमक अाउदछ ।

- कागतीकाे रसमा रस र पानि बराबर मिलाएर खाना खार्इसके पछि त्यही कागती पानीले दिनहु मुख कुल्ला गर्ने गर्नुहाेस, यसाे गर्दा दातकाे पहेलाे पना हटनुकाे साथै सास गनाउने समस्या बाट पनि छुटकरा पाउन सकिन्छ ।

- सुन्तलाकाे बाेक्रा र तुलसीकाे पात लार्इ घाममा सुकाएर त्यसकाे पाउडर बनाउनुहाे र दात ब्रश गरिसकेपछि उकत पाउडरले दातमा हल्का मसाज गर्नुहाेस, सुन्तलाकाे बाेक्रा बाट प्राप्त हुने भिटामिन सी र क्याल्सियमकाे कारण दात चम्किलाे बन्दै जान्छ ।

- खाना खार्इ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतकाे पहेलाे पन हट्दछ, गाजरमा रहेकाे रेसाहरूले दातलार्इ राम्राे संग सफा गर्न मद्त गर्दछ ।

- निमकाे उपयाेग धेरै पहिले देखी नै दातकाे सफार्इ गर्न प्रयाेग गरिदै अाएकाे पाइन्छ, यसमा दात सेताे बनाउने र दातमा लाग्ने किराहरूलार्इ नष्ट गर्ने शक्ति रहेकाे छ याे दिनहु नीमकाे काठ, निमकाे सानाे हाँगाले दात सफा गर्ने गर्नाले दाँतमा कुनै किसिमकाे राेग नलाग्नुकाे साथै दात चम्किलाे बनाउन मद्दत गर्दछ ।

- स्ट्रबेरी दाँत चम्किलाे बनाउने सबै भन्दा सरल उपाय हाे, यसमा पार्इने मालिक एसिड ले दाँतलार्इ सेताे र चम्किलाे बनाउदछ ।
स्राेत : मेडियानेप
कुर्कुच्चा फुट्ने समस्याकाे घरेलु उपचार विधी ।

_____________________________________________________________________________________________________________________________________________________

           कुर्कुच्चा फुटेर बाक्लाे अनि कडा सेताे छालाकाे लेउ लाग्ने सस्याले अधिकाँशलार्इ सतार्इरहेकाे हुनछ ।
बृढाबृद्ढाहरूलार्इ मात्रै नभएर युवा तथा प्राैढहरूमा पनि यस्ताे समस्या अाउन सक्दछ । सबैले यसलार्इ कुर्कुच्चा फुटेकाे भन्छन, तर खासमा याे फुटेकाे हाेर्इन । यहि नै शरीरकाे प्रतिरक्षा प्रणाली हाे । तर यसलार्इ बेलैमा सफा नगरे,यसले विकराल रूप लिन सक्छ र निकाे नहुने गरी त्यहि टाँसिएर बस्न सक्छ ।

जब अाम्राे शरीरकाे कुनै अङ्ग र अर्काे कुनै कडा बस्तुकाे नियमित घर्षण भर्इरहने हुन्छ भने हाम्राे नरम छालाले अाफुलार्इ त्यस बस्तुबाट बचाउनकाे लागि कडा छालाकाे रक्षात्मक बाँध लगाउदछ । याे कडा छालालर्इ क्यालस भनिन्छ र याे विशेष गरी खुट्टा र हातमा अाउने गर्दछ ।
याे समस्या हटाउनकाे लागि केही समय लाग्छ तर असम्भव छैन । केहि प्राकृतिक, सस्ताे र घरेलु उपायहरू छन, जसले याे समस्या हटाउन मद्दत गर्दछ ।

१। चिनी
- अाधा गिला चिनी एउटा भाँडामा राख्नुहाेस । - त्यसमा चिनीकाे अाधा भागजति मनताताे पानी अथवा ग्लिसिरिन अथवा नरीवलकाे तेल राखेर घाेल्नुहाेस र बाक्लाे लेदाे बनाउनुहाेस। त्याे मिश्रणमा पुदिना पनि मिसाउन सकिन्छ । - अब याे मिश्रणलार्इ क्यालस लागेकाे कुर्कुच्चा वा फुटेकाे छालामा दैनिक लगाउदा छालालार्इ नरम बनाउनुकाे साथै सफा पनि बनाउदछ ।

२। भुइँकटहर
- भुर्इकटहर तास्ने वित्तिकै त्यसकाे बाेक्राले फुटेकाे छाला वा कुर्कुच्चालार्इ पुर्ण रूपमा ढाक्नुहाेस, र नरम कपडाले बाँधिदिनुहाेस । - केहि घन्टाकाे अन्तरालमा त्यसलार्इ परिवर्तन गर्नुहाेस, एक हप्ता सम्म दैनिक यसाे गर्नाले भुर्इकटहरकाे बाेक्रामा हुने इन्जाइम र एसिडले फुटेकाे ठाउलार्इ निकाे बनाउदछ ।

३। बेकिङ्ग साेडा
फुटेकाे कुर्कुच्चालार्इ निकाे पार्ने सबैभन्दा राम्राे उपाय भनेकाे मनताताे पानीले भिजाउनु नै हाे । यसले कडा छालालार्इ नरम बनार्इ निकाे हुन मद्दत गर्दछ। साथै एक गिलास मन ताताे पानीमा तिन चम्चा बेकिङ्ग साेडा मिसाएर पनि कुर्कुच्चालार्इ त्यसमा डुबाउनेहाे भने याे राेगकाे निवारण हुन्छ ।
स्राेत : मेडियानेप
तपाईँलाई थाहा छ ? अन्तरिक्षमा कोही विरामी पर्दैनन्

_____________________________________________________________________________________________________________________________________________________

अन्तरिक्षबाट देखिने सबैभन्दा सुन्दर दृष्य के हो ? गुरुवात्वाकर्षण शून्य भएको स्थान अन्तरिक्षमा सलाई कोर्दा कसरी बल्छ ? अन्तरिक्षयात्री विरामी पर्छन कि पर्दैनन् ?

सामान्य तर अन्तरिक्ष विज्ञानसँग सरोकार राख्ने यी गहन प्रश्न बुधबार राजधानीस्थित वृहस्तपति विद्या सदनका विद्यार्थीले अन्तरिक्षयात्रीलाई सोध्दै थिए ।

आजको नागरिक दैनिकमा खबर छ– उनीहरुका विज्ञानसुलभ जिज्ञासा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा रहेका बेलायती अन्तरिक्षयात्री टिमोथी पिकले मेट्दै थिए । उत्तरी र दक्षिणी ध्रुवतिर सूयको किरण पर्दाको पृथ्वीको दृष्य अति सुन्दर देखिन्छ, टिमोथीे जवाफ दिए, ‘पृथ्वीबाट विरामी भएर गएर मात्र, नत्र अन्तरिक्षयात्रामा कोही विरामी पर्दैनन् ।

पृथ्वीबाट करिब ४ सय ५ किलोमिटरमाथि रहेको अन्तरिक्ष केन्द्रबाट टिमोथीको जवाफ तुरुन्त विद्यार्थीका कानमा परिहाल्थे । टिमोथीले पृथ्वीमा जस्तो गुरुत्वाकर्षण नहुने भए पनि सुक्ष्म गुरुत्वाकर्षय हुने बताए ।
सलाई कोर्दा पृथ्वीमा जस्तो ज्वाला माथितिर फर्किएर बन्दैन, सूर्यजस्तो गोलो गरी ज्वाला फैलिन्छ भन्दै टिमोथीले बताइरहँदा विद्यार्थी निकै उत्साहित भइ प्रश्न सोधिरहेका थिए । नेपालमै पहिलोपटक अन्तरिक्ष केन्द्र–विद्यार्थी सिधा संवाद गरिएको हो । नेपालबाट अष्टे«ेलियामा टेलिफोन र त्याहाँबाट एमेच्योर रेडियोमार्फत अन्तरिक्षयात्री समूहसँग नासाले सम्पर्कको चाँजोपाँजो मिलाएको थियो ।
अब पृथ्वीमा नक्कली सुर्य सहित दुई सुर्य उदाउने !

_____________________________________________________________________________________________________________________________________________________

एजेन्सी। संसारमा वैज्ञानिकहरु नयाँ नयाँ चिज पत्ता लगाउन अहोरात्र खटिरहेका छन् । विश्वमा विज्ञानको विकास आम मानिसले सोचे भन्दा हजारौं गुणा बढी तिब्र गतिमा अघि बढिरहेको छ । मानव जीवनलाई अझ सहज बनाउन उनीहरु दिनरात जुटिरहेका छन् । हाल नेपाल सहित विश्वका धेरै देशमा उर्जा संकट चुलिँदै गएको छ । यो संकटको निवारण गर्न बैज्ञानकिहरु नयाँ नयाँ सोचका साथ डटिरहेका छन् । यसै बीच जर्मनका वैज्ञानिकहरु नक्कली सुर्य आविष्कार गर्न जुट्न थालेको समाचार संस्थाहरुले बताएका छन् । 

सूर्यमा हुने रासायनिक प्रतिक्रियाबाट उर्जा उत्पादन गरी नक्कली सुर्य बनाउन वैज्ञानिकहरु जुटेका हुन् । जर्मनीको परमाणु शोध संयन्त्र भेन्डेलस्टाइन सेभेन एक्समा शोधकर्ताहरु १० करोड डिग्री सेल्सियसको तापमानमा नियन्त्रित परमाणु विस्फोट गर्दैछन् । जुन आजसम्म आम मानिसको सोचाई भन्दा निकै पर थियो । यसका लागि वैज्ञानिकहरुले पहिले प्लाज्मा नामक पदार्थको स्थापना गर्नेछन् अनि कन्ट्रोल सेन्टरको निगरानीमा १० मिलिग्राम हिलियम एक भ्याकुम च्याम्बरको चुम्बकीय क्षेत्रमा पठाउने तयारी गरिएको छ । उक्त पदार्थ १० लाख डिग्री सेल्सियस तातो हुनेछ । परीक्षण सफल भयो भने विद्युत गृहमा परमाणु विच्छेदनबाट विजुली उत्पादन थालिने छ । यसले काम भने वैज्ञानिकहरुले सन् २०१७ देखि थाल्नेछन् । एजेन्सीको सहयोगमा
लाै अब फेसबुकमा भिडियो अपलोड गरेरै पैसा कमाउनुहाेस ।

_____________________________________________________________________________________________________________________________________________________

फेसुबकमा भिडियो अपलोड गर्दै आएका प्रयोगकर्तालाई खुसीको खबर ! भिडियो अपलोड गरेवापत पैसा कमाउन सकिने फिचर थप्न फेसबुकले गृहकार्य सुरु गरेको छ । फेसबुकमा अपलोड हुने भिडियोमा बिज्ञापन
देखिने हुदा भिडियो हेरिएको आधारमा पैसा कमाउन सकिने फेसबुकलाई उद्धित गर्दै कैयन चर्चित वेबसाइटहरुले लेखेका छन् ।
यूट्युवको जस्तै कमाइको ४५ प्रतिशत फेसबुकले लिनेछ भने ५५ प्रतिशत भिडियो अपलोड गर्नेले पाउनेछ । फेसुबकको सर्त छ भिडियो भने आफैले निर्माण गरेको हुनुपर्नेछ ।
फेसबुकको यो निर्णयले यूट्युबमा मात्र भिडियो अपलोड गर्दै आएका कैयन व्यवसायीक भिडियो उत्पादक ब्यक्ति एवं कम्पनीहरु हौसिएका छन् । दैनिक २० करोड बढी फोटो अपलोड हुदै आएको फेसबुकमा भिडियो पनि आक्रमक रुपमा अपलोड भइरहेको बताइएको छ ।

फेसबुकमा दैनिक के कति घण्टा अवधिको भिडियो अपलोड हुन्छ भन्ने तथ्याकं नभेटिएपनि अपलोड भएका भिडियोहरु दैनिक ४ अरब पटक भन्दा बढी हेरिने गरेको छ । फेसबुकले नेपाल जस्ता विकाशोन्मुख राष्ट्रमा नि:शुल्क फेसबुक चलाउन सकिने सुविधा उपलब्ध गराइरहेको छ । कुनै दिन नेपालका प्रयोगकर्ताले पनि फेसबुक निशुल्क चलाउन पाउनेछन् त्यो समयमा अझ फेसबुकका प्रयोगकर्ता बढ्न सक्नेछन् ।


सिबिएसएनले तयार पारेको यो समाचार हेर्नुस्:





तर, भनेजस्तो सजिलो छैन :

१. भिडियो सेयरिङ साइट भनेकै यूट्युब भन्ने आम इन्टरनेट प्रयोगकर्ताको धारणा छ, त्यो सोचाईको जालो तोड्न फेसबुकलाई लामो समय लाग्न सक्छ ।
२. प्रत्येक ३ जना फेसबुक प्रयोगकर्तामा १ व्यक्ति प्रयोगपछि असन्तुष्ट हुने गरेको एक अध्ययनले देखाएको छ, यसले फेसबुकलाई दिर्घकालिन असर पार्न सक्छ ।
३. फेसबुकले भनेको छ मासिक १ अर्ब ४४ करोड प्रयोगकर्ताले फेसबुक चलाइरहेका छन् । तर त्यसमा ३ करोड मरेका मानिसको फेसबुक एकाउण्ट सक्रिय अवस्थामै छ भने ७ करोड फेक एकाउण्ट रहेको अध्ययनले बताएको छ । यो क्रम बढ्दो छ ।
४. यूट्युबमा भिडियो खोज्न सजिलो छ अर्थात यूट्युबलाई भिडियोको व्यवस्थित लाइब्रेरीको रुपमा लिइन्छ । यो सुविधा फेसबुकमा पाउन गाह्रो छ ।
५. नेपालको परिवेशमा फेसबुकको भन्दा यूट्युवको भिडियो चाडो 'प्ले' हुन्छ । स्लो इन्टरनेट गतीमा फेसबुकको भिडियो 'प्ले' नहुने समस्या भइरह्रयो भने हुदा थप समस्या हुन सक्छ ।
६. बढीभन्दा बढी विज्ञापन प्राप्त हुने देशका प्रयोगकर्तालाई फेसबुकले बढी सुविधा र प्राथमिकता दिन सक्छ । त्यस्तो अबस्थामा फेसबुकले ल्याउने नयाँ सुविधा नेपाली भिडियो उत्पादक व्यक्ति एवं कम्पनीहरुलाई भीरमा फलेको फर्सी पनि हुन सक्छ ।
७. नेपालमा अनलाइन कारोबार गर्न भनेजस्तो सजिलो छैन । अनलाइनमा खर्च गर्न र कमाइको पैसा प्राप्त गर्न उत्तिकै झन्झटिलो छ । त्यसैले सिमित फेसबुक प्रयोगकर्ताले मात्रै लाभ उठाउन सक्नेछन् ।
स्राेत: स्राेत कलम



no image

_____________________________________________________________________________________________________________________________________________________



काठमाडौं‌-अब तपाई फेसवुक म्यासेन्जरको माध्यमबाट आफ्ना फेसवुक साथीसँग लेनदेन गर्न सक्नुहुने छ। नेपालमा भने तत्काल यो सुविधा दिइएको छैन। फसवुकले केहि देशमा भने यो सुविधा सुरु गरिसकेको छ।

फेसवुकले आफ्नो म्यासेन्जरबाट मनी ट्रान्सफरको सुविधा सुरु गरेपछि मनी ट्रान्सफर सेवा प्रदायकसँग यसको सिधा प्रतिश्पर्धा हुने छ। यस्तो सेवा सुरु गर्नको लागि केन्द्रिय बैंकको स्विकृति भने लिनु पर्ने हुन्छ।
स्राेत; नागरिक न्यूज

Contact Me

Get in touch