
भारतीय मुलका वैज्ञानिक नागी कुमारले गरेको अध्ययनले यस्तो देखाएको हो । मोफफित क्यान्सर सेन्टर अमेरिकाकातर्फबाट उनले गरेको अध्ययनमा ‘ग्रिन टि’ ले क्यान्सरका जीवाणुको विकासमा रोक लगाउने र यस्तो समस्या भएकाहरुमा समेत थप विकास हुनबाट जोगाउने देखिएको छ ।
अध्ययन कर्ताहरुले ‘ग्रिन टि’ क्याप्सुलहरु पनि बनाएका छन् । जसको नाम ‘पोलिफेनन ई’ राखिएको छ । यसलाई दिनमा दुई पटकसम्म सेवन गर्नाले प्रोटेस्ट क्यान्सर हुने सम्भावना निकै कम हुने अध्ययनकर्ताको दाबी छ । उनीहरुले ‘ग्रिन टि’ को सेवनले क्यान्सर सेलको विकासमा रोक लगाउने र विकसित भएका क्यान्सर सेल पनि मर्ने दाबी गरेका छन् ।
उनीहरुले एक वर्षको अवधिमा ४९ जना बिरामीमा उपचारका क्रममा ‘ग्रिन टि’ क्याप्सुलको प्रयोग गरेर यस्तो निश्कर्षमा पुगेको बताएका छन् । अध्ययनकर्ताहरुकाअनुसार ‘ग्रिन टि’ क्याप्सुल प्रयोग गरिएका बिरामीहरुमा यसको प्रभाव निकै सकारात्मक देखिएको उनीहरुले दावी गरेका छन् ।