- सडकमा हिड्दै गर्दा कोहि युवती गुनगुनाउदै छिन् । तपाईले उनलाई चिन्नुभएको छैन तै पनी तपाईतिर हेर्दै अनेक हाउभाउ गरिरहेकी छिन् । चिनेचिने जस्तो गर्दै मुस्कुराउदै अघिल्तीर वढीरहेकी छिन् । युवतीको त्यस्तो पारा देखेर तपाईलाई लाग्दो हो उनी तपाईतिरै आकर्षित छिन् । त्यसैले आफुले नचिने पनि उनीसगँ केहि मिठा कुरा गर्ने तपाईको सोच छ भने पर्खनुस् । तपाई भ्रममा हुनुहुन्छ । खासमा ती युवतीको ध्यान तपाईतर्फ पटक्कै छैन । बरु उनी त आफुले लगाएको गुगल ग्लास (चश्मा) मै हराएकी छन् । गुगल चस्माको कमाल देखेर मुस्कुराउदै, गुनगुनाउदै हिडिरहेकी पनी हुनसक्छिन् । हो,बादशाह सर्च ईन्जिन गुगलले यस्तै अविश्मरणिय चश्मा चाडै बजारमा ल्याउदैछ । त्यो चश्मा हुनेछ जहाँवाट तपाई भर्चुअल विश्वमा रमाउन सक्नुहुन्छ । अर्थात ईन्टरनेटको त्यो भर्चुअल विश्वलाई तपाई आफ्नो आखाँमा टाँसेर हिड्न सक्नुहुन्छ ।
वढ्दो प्रविधीको विकासले विश्वलाई नजिक ल्याएको छ । सुचनाप्रविधीमा अव त्यस्तो चमत्कार हुदैछ,जसवाट तपाई भर्चुअल विश्वलाई आफ्नो आखाँमै राख्न सक्नुहुन्छ । चाडै बजारमा आउदैछ गुगल चस्मा । यो त्यस्तो चस्मा हो,जसको माध्यमले विश्वलाई नजिकभन्दा नजिकवाट नियाल्न पाईनेछ । गुगल चश्मा लगाईसकेपछि स्तरिय क्यामरा र मोवाईल मात्रै हैन कम्प्युटरको पनी आवश्यकता नपर्न सक्छ । चश्मामै फिट गरिएको क्यामराको मद्धतले फोटो तथा भिडियो खिच्ने काम गरिन्छ ।
गुगलले अपलोड गरेको उक्त भिडियोमा एकजना मानिसले चश्मा लगाएको छ, त्यही चश्माको मद्दतबाट उसले विहानको तापक्रमदेखी लिएर टेक्स म्यासेज पढ्न, म्यासेज पठाउन, अनलाईन कन्सर्टको लागी टिकट वुकिङ गर्न , लाईवेरी सम्मको नक्शा पत्ता लगाउन, आफ्नो साथी र आफुविचको दुरी पत्ता लगाउन, फोटो खिच्न, भिडियो च्याट गर्न गुगल चश्माकै प्रयोग गरेको देखाईएको छ । गुगलले भनेको थियो, ‘प्रोजेक्ट ग्लास वान डे’ त्यो समय आईसकेको छ । सन् २०१३ को अन्त्यसम्ममा १५ सय अमेरिकी डलर अर्थात एक लाख ३० हजार नेपाली रुपैयाँको हाराहारीमा उक्त चश्मा उपलव्ध हुनेछ ।
~गुगल ग्लास प्रविधि ~
अविश्वसनिय गुगल चश्मामा एन्ड्रोईड अपरेटिङ सिस्टमको प्रयोग गरिएको छ । साथै उक्त चश्मामा सिपियु, ¥यामको पनी व्यवस्था गरिएको छ । त्यस्तै डाटा संकलनको लागी एसिलेरोमिटर,गाईरोस्कोपका साथै वायरलेस रेडियो प्रविधी जडान गरेको जनाएको छ । फेस रिकगनिसन सफ्टवेयरले मानिसहरु सजिलै छुट्याउन सक्नेछ । त्यस्तै गुगल चश्मामा सुन्न तथा वोल्नको लागी साउण्ड सिस्टम,फोटो खिच्न र भिडियो कैद गर्नको लागी क्यामरा, लगायत चटप्याटको व्यवस्था गरेको छ । साधारणतया हामीले लगाईने चश्मामा यी भनिएजती प्रविधी जडान गर्दैगर्दा उक्त चश्माको आकार प्रकार कत्रो हुन्छ होला ? अनुमान लगाउनुस् त । तपाई गुगल चश्मा निकै झन्झटिलो होला भन्ने ठान्न सक्नुहुन्छ । धन्दा नमान्नुस्, गुगलले आफ्नो व्लगमा लेखेको छ अरु साधारण चश्मा र गुगल चश्मामा केहि फरक छैन ।
~ गुगल ग्लास चाहियो ? ~
गुगलले जनाए अनुसार यसै वर्ष अर्थात सन् २०१३ को अन्त्यमा गुगल चश्मा सर्वसाधारणले लगाउन पाउनेछन् । यो चश्मा बजारमा सार्वजनिक भएकै समय आफ्नो हातमा पार्नकै लागी ठुलै मेहनत गर्नुपर्नेछ । एप्पलको आईफोन ५ लिन मानिसहरु हप्तौ दिन सडकमै लाईन वसेका थिए भन्दा हामी चकित भएका थियौ, गुगल ग्लास लिनको लागी पनी त्यस्तै अवस्था आउदैन होला भन्न सकिन्न । ईन्टरनेटमा देखिएको गुगल चश्मा प्रतिको क्रेज हेर्दा यती भनिरहन कुनै गाह्रो छैन । अमेरिकामा गुगल चश्मा मानिसको हातहातमा पर्नासाथ पहुच भएका नेपालीहरुले पनी सजिलै प्रयोग गनेछन् । अनि तपाईपनी उक्त गुगल चश्मा प्रती जिज्ञासा राख्न तथा जानकारी चाहनुहुन्छ भने गुगल डटकम स्ल्यास ग्लास स्लायस स्टाट मा लग ईन गरेर वुकिङ गर्न सक्नुहुन्छ ।
~ चिया गफमा गुगल ग्लास ~
विराटनगरका तुषार खतिवडा हाल काठमाण्डौमा व्याचुलर ईन कम्प्युटर ईन्जिनियरिङ पढीरहेका छन् । वागबजार स्थित एक खाजा पसलमा खाजा खादै गर्दा उनी भन्छन् युट्वमा सो अविश्सनिय गुगल चश्माको फिचर हेरेर छक्क परे । साथै उनी थप्छन् अहिल्य विश्वमा गुगल चश्माले बजार तताएको छ । अफिसमा त्यै गुगल चश्माकै चर्चा हुन्छ , कलेजका साथीहरु पनी गुगल चश्मामै छलफल गरिरहेका हुन्छन् । जताततै गुगल चश्माको कुरा सुनिरहेको हुन्छु । उनले खाजा खादै गर्दा गुगल चश्माको सम्पुर्ण फिचर सुनाए । रोल्पाका उमेश सुवेदी तुषार सगै सोहि होटलमा तरकारी समोसा खादैछन् । उनी मास्र्टस् ईन जर्नालिजम्का अन्तिम वर्षका विद्यार्थी हुन् । तुषारको कुरा सुनेर उमेश छक्क परेका छन् उनी तुषारलाई सोध्छन् ? गुगल चश्माले त अव मानिसलाई एकलकाटे त वनाउदैन ? तुषार कुरा जोड्छन् , एकलकाटे मात्रै हैन अव खान, सुत्न नै विर्सिन्छन् । भर्चुअस संसारमा रमाउनेहरुको लागी त यो भन्दा ठुलो माध्यम के नै हुन सक्छ र उनले प्रतिप्रश्न गरे । अव सडकमा हिड्दैगर्दा मानिसहरु गुगल ग्लासमै रमाउन थालेपछि सगै हिडेको साथीलाई विर्सिनेनै भएनी तुषार भन्छन् । उमेशले सोध्छन्, यस्तो आश्चर्यचकित चश्मा कहिल्य लगाउन पाईएला त ? तुषार मुस्कुराउदै छन् उनले भने यो वर्षको अन्तिममा गुगलले त्यो अविश्वसनिय चश्मा बजारमा ल्याउदैछ । पहिल्य विश्वका धनि देशका नागरिकले प्रयोग गर्नेछन्, नेपालीहरुको लागी त्यो सहज र सरल भईसक्दा नसक्दै अर्को प्रविधीले विश्व पिटिसकेको हुनेछ । उमेश सहि थप्छन् हुन त गुगलले बजारमा ल्याउने भनेको गुगल चश्मा जस्तै एप्पलले पनी आईग्लास ल्याउने भनिसकेको छ ।