Showing posts with label सुचना/प्रविधी. Show all posts
Showing posts with label सुचना/प्रविधी. Show all posts
लाै अब फेसबुकमा भिडियो अपलोड गरेरै पैसा कमाउनुहाेस ।

_____________________________________________________________________________________________________________________________________________________

फेसुबकमा भिडियो अपलोड गर्दै आएका प्रयोगकर्तालाई खुसीको खबर ! भिडियो अपलोड गरेवापत पैसा कमाउन सकिने फिचर थप्न फेसबुकले गृहकार्य सुरु गरेको छ । फेसबुकमा अपलोड हुने भिडियोमा बिज्ञापन
देखिने हुदा भिडियो हेरिएको आधारमा पैसा कमाउन सकिने फेसबुकलाई उद्धित गर्दै कैयन चर्चित वेबसाइटहरुले लेखेका छन् ।
यूट्युवको जस्तै कमाइको ४५ प्रतिशत फेसबुकले लिनेछ भने ५५ प्रतिशत भिडियो अपलोड गर्नेले पाउनेछ । फेसुबकको सर्त छ भिडियो भने आफैले निर्माण गरेको हुनुपर्नेछ ।
फेसबुकको यो निर्णयले यूट्युबमा मात्र भिडियो अपलोड गर्दै आएका कैयन व्यवसायीक भिडियो उत्पादक ब्यक्ति एवं कम्पनीहरु हौसिएका छन् । दैनिक २० करोड बढी फोटो अपलोड हुदै आएको फेसबुकमा भिडियो पनि आक्रमक रुपमा अपलोड भइरहेको बताइएको छ ।

फेसबुकमा दैनिक के कति घण्टा अवधिको भिडियो अपलोड हुन्छ भन्ने तथ्याकं नभेटिएपनि अपलोड भएका भिडियोहरु दैनिक ४ अरब पटक भन्दा बढी हेरिने गरेको छ । फेसबुकले नेपाल जस्ता विकाशोन्मुख राष्ट्रमा नि:शुल्क फेसबुक चलाउन सकिने सुविधा उपलब्ध गराइरहेको छ । कुनै दिन नेपालका प्रयोगकर्ताले पनि फेसबुक निशुल्क चलाउन पाउनेछन् त्यो समयमा अझ फेसबुकका प्रयोगकर्ता बढ्न सक्नेछन् ।


सिबिएसएनले तयार पारेको यो समाचार हेर्नुस्:





तर, भनेजस्तो सजिलो छैन :

१. भिडियो सेयरिङ साइट भनेकै यूट्युब भन्ने आम इन्टरनेट प्रयोगकर्ताको धारणा छ, त्यो सोचाईको जालो तोड्न फेसबुकलाई लामो समय लाग्न सक्छ ।
२. प्रत्येक ३ जना फेसबुक प्रयोगकर्तामा १ व्यक्ति प्रयोगपछि असन्तुष्ट हुने गरेको एक अध्ययनले देखाएको छ, यसले फेसबुकलाई दिर्घकालिन असर पार्न सक्छ ।
३. फेसबुकले भनेको छ मासिक १ अर्ब ४४ करोड प्रयोगकर्ताले फेसबुक चलाइरहेका छन् । तर त्यसमा ३ करोड मरेका मानिसको फेसबुक एकाउण्ट सक्रिय अवस्थामै छ भने ७ करोड फेक एकाउण्ट रहेको अध्ययनले बताएको छ । यो क्रम बढ्दो छ ।
४. यूट्युबमा भिडियो खोज्न सजिलो छ अर्थात यूट्युबलाई भिडियोको व्यवस्थित लाइब्रेरीको रुपमा लिइन्छ । यो सुविधा फेसबुकमा पाउन गाह्रो छ ।
५. नेपालको परिवेशमा फेसबुकको भन्दा यूट्युवको भिडियो चाडो 'प्ले' हुन्छ । स्लो इन्टरनेट गतीमा फेसबुकको भिडियो 'प्ले' नहुने समस्या भइरह्रयो भने हुदा थप समस्या हुन सक्छ ।
६. बढीभन्दा बढी विज्ञापन प्राप्त हुने देशका प्रयोगकर्तालाई फेसबुकले बढी सुविधा र प्राथमिकता दिन सक्छ । त्यस्तो अबस्थामा फेसबुकले ल्याउने नयाँ सुविधा नेपाली भिडियो उत्पादक व्यक्ति एवं कम्पनीहरुलाई भीरमा फलेको फर्सी पनि हुन सक्छ ।
७. नेपालमा अनलाइन कारोबार गर्न भनेजस्तो सजिलो छैन । अनलाइनमा खर्च गर्न र कमाइको पैसा प्राप्त गर्न उत्तिकै झन्झटिलो छ । त्यसैले सिमित फेसबुक प्रयोगकर्ताले मात्रै लाभ उठाउन सक्नेछन् ।
स्राेत: स्राेत कलम



no image

_____________________________________________________________________________________________________________________________________________________



काठमाडौं‌-अब तपाई फेसवुक म्यासेन्जरको माध्यमबाट आफ्ना फेसवुक साथीसँग लेनदेन गर्न सक्नुहुने छ। नेपालमा भने तत्काल यो सुविधा दिइएको छैन। फसवुकले केहि देशमा भने यो सुविधा सुरु गरिसकेको छ।

फेसवुकले आफ्नो म्यासेन्जरबाट मनी ट्रान्सफरको सुविधा सुरु गरेपछि मनी ट्रान्सफर सेवा प्रदायकसँग यसको सिधा प्रतिश्पर्धा हुने छ। यस्तो सेवा सुरु गर्नको लागि केन्द्रिय बैंकको स्विकृति भने लिनु पर्ने हुन्छ।
स्राेत; नागरिक न्यूज
चमत्कारिक गुगल ग्लास (Google Glass)

_____________________________________________________________________________________________________________________________________________________






- सडकमा हिड्दै गर्दा कोहि युवती गुनगुनाउदै छिन् । तपाईले उनलाई चिन्नुभएको छैन तै पनी तपाईतिर हेर्दै अनेक हाउभाउ गरिरहेकी छिन् ।  चिनेचिने जस्तो गर्दै मुस्कुराउदै अघिल्तीर वढीरहेकी छिन् । युवतीको त्यस्तो पारा देखेर तपाईलाई लाग्दो हो उनी तपाईतिरै आकर्षित छिन् । त्यसैले आफुले नचिने पनि उनीसगँ केहि मिठा कुरा गर्ने तपाईको सोच छ भने पर्खनुस् । तपाई भ्रममा हुनुहुन्छ । खासमा ती युवतीको ध्यान तपाईतर्फ पटक्कै छैन । बरु उनी त आफुले लगाएको गुगल ग्लास (चश्मा) मै हराएकी छन् । गुगल चस्माको कमाल देखेर मुस्कुराउदै, गुनगुनाउदै हिडिरहेकी पनी हुनसक्छिन् । हो,बादशाह सर्च ईन्जिन गुगलले यस्तै अविश्मरणिय चश्मा चाडै बजारमा ल्याउदैछ । त्यो चश्मा हुनेछ जहाँवाट तपाई भर्चुअल विश्वमा रमाउन सक्नुहुन्छ । अर्थात ईन्टरनेटको त्यो भर्चुअल विश्वलाई तपाई आफ्नो आखाँमा टाँसेर हिड्न सक्नुहुन्छ ।


 वढ्दो प्रविधीको विकासले विश्वलाई नजिक ल्याएको छ । सुचनाप्रविधीमा अव त्यस्तो चमत्कार हुदैछ,जसवाट तपाई भर्चुअल विश्वलाई आफ्नो आखाँमै राख्न सक्नुहुन्छ । चाडै बजारमा आउदैछ गुगल चस्मा । यो त्यस्तो चस्मा हो,जसको माध्यमले विश्वलाई नजिकभन्दा नजिकवाट नियाल्न पाईनेछ । गुगल चश्मा लगाईसकेपछि स्तरिय क्यामरा र मोवाईल मात्रै हैन कम्प्युटरको पनी आवश्यकता नपर्न सक्छ । चश्मामै फिट गरिएको क्यामराको मद्धतले फोटो तथा भिडियो खिच्ने काम गरिन्छ ।




 मोबाईलमा  साधारणतया फोन, एसएमएसको लागी प्रयोग गरिन्छ । स्तरिय मोवाईल हुनेहरुले धेरै भन्दा धेरै एप्सहरु पनी चलाउछन्, गेम खल्छन्, म्युजिक भिडियो हेर्छन, सुन्छन् । कम्प्युटरले पनी हाम्रो दैनिकीलाई सरल वनाउदै कामकाजलाई सहज बनाईरहेको हुन्छ । हामी कम्प्युटरवाटै ईमेल ईन्टरनेट प्रयोग गर्छौ, भने धेरैभन्दा धेरै जानकारीमा अपटु डेट भईरहेका हुन्छौ ।  अझ सोसिएल मिडिया फेसवुक ट्वीटरमा रम्दै स्काईपमा विदेशीएका साथीभाई आफन्त सगँ कुराकानी गर्न त अझ कहाँ छोड्छौ र ? यतिमात्रै हैन धेरैभन्दा धेरै काम कप्युटरवाट दैनिक गरिरहेका हुन्छौ । क्यामरा,मोबाईल एवं कम्प्युटर लगायतवाट गरिदै आएका कामकाजहरु  गुगल चश्मा एक्लैले भने पलभरमै गर्नेछ । मात्र तपाईको निर्देशन भए पुग्छ त्यो पनी मौखिक । चश्मा मेरो ईमेल चेक गरिदऊ त । चश्माले तुरुन्तै ईमले चेक गरिसक्छ । र तुरन्तै ईनवक्समा भएका ईमेल आखै नजिक्याएर देखाईदिन्छ । मौखिक रुपमै भन्न थाल्नुस् चश्माले ईमेलमा लेख्न सुरु गर्छ, तुरुन्तै ईमले पनी रिप्लाई गरिदिन्छ ।  सोसिएल मिडियामा फोटो खिचेर अपलोड गर्नुपर्ने भयो, मात्र मौखिक निर्देशन दिए पुग्छ सवै काम एकै पलमा चश्माले गर्नेछ । फेरी चश्मालाई निर्देशन दिनुस् म मेरो घरमा फोन गर्न चाहन्छु चश्मा मेरो घरमा फोन लगाईदऊ त । तुरुन्तै चश्माले घरमा फोन लगाउने काम गर्छ । कुनै जमघटमा जादैहुनुहुन्छ  आफ्ना आफन्तको तस्विर/भिडियो   विना कुनै झन्झट कैद गर्न चाहनुहुन्छ भने त्यो पनी सहज रुपमै सम्भव छ । गुगलले गुगल चश्माको फिचर समेटेर युट्वमा भिडियो अपलोड गरेको छ । सन् २०१२ को अप्रिलमा अपलोड गरेको सो भिडियो देखेर विश्वका मानिसहरु चकित भएका थिए । यूट्युवमा अपलोड गरिएको सो भिडियो स्वयं गुगल चश्माले नै कैद गरिरहेको देखाईएको छ । दुई मिनेट ३० सेकेन्डको उक्त भिडियो २० करोड भन्दा वढीले हेरिसकेका छन् । 
गुगलले अपलोड गरेको उक्त भिडियोमा एकजना मानिसले चश्मा लगाएको  छ, त्यही चश्माको मद्दतबाट उसले विहानको तापक्रमदेखी लिएर टेक्स म्यासेज पढ्न, म्यासेज पठाउन, अनलाईन कन्सर्टको लागी टिकट वुकिङ गर्न , लाईवेरी सम्मको नक्शा पत्ता लगाउन, आफ्नो साथी र आफुविचको दुरी पत्ता लगाउन, फोटो खिच्न, भिडियो च्याट गर्न गुगल चश्माकै प्रयोग गरेको देखाईएको छ ।  गुगलले भनेको थियो, ‘प्रोजेक्ट ग्लास वान डे’ त्यो समय आईसकेको छ । सन् २०१३ को अन्त्यसम्ममा  १५ सय अमेरिकी डलर अर्थात एक लाख ३० हजार नेपाली रुपैयाँको हाराहारीमा उक्त चश्मा उपलव्ध हुनेछ ।

~गुगल ग्लास प्रविधि ~

अविश्वसनिय गुगल चश्मामा एन्ड्रोईड अपरेटिङ सिस्टमको प्रयोग गरिएको छ । साथै उक्त चश्मामा सिपियु, ¥यामको पनी व्यवस्था गरिएको छ । त्यस्तै डाटा संकलनको लागी एसिलेरोमिटर,गाईरोस्कोपका साथै वायरलेस रेडियो प्रविधी जडान गरेको जनाएको छ । फेस रिकगनिसन सफ्टवेयरले मानिसहरु सजिलै छुट्याउन सक्नेछ ।  त्यस्तै गुगल चश्मामा सुन्न तथा वोल्नको लागी साउण्ड सिस्टम,फोटो खिच्न र  भिडियो कैद गर्नको लागी क्यामरा, लगायत चटप्याटको व्यवस्था गरेको छ । साधारणतया हामीले लगाईने चश्मामा यी भनिएजती प्रविधी जडान गर्दैगर्दा उक्त चश्माको आकार प्रकार कत्रो हुन्छ होला ? अनुमान लगाउनुस् त । तपाई गुगल चश्मा निकै झन्झटिलो होला भन्ने ठान्न सक्नुहुन्छ । धन्दा नमान्नुस्, गुगलले आफ्नो व्लगमा लेखेको छ अरु साधारण चश्मा र गुगल चश्मामा केहि फरक छैन । 


~ गुगल ग्लास चाहियो ? ~

गुगलले जनाए अनुसार यसै वर्ष अर्थात सन् २०१३ को अन्त्यमा गुगल चश्मा सर्वसाधारणले लगाउन पाउनेछन् । यो चश्मा बजारमा सार्वजनिक भएकै समय आफ्नो हातमा पार्नकै लागी ठुलै मेहनत गर्नुपर्नेछ ।  एप्पलको आईफोन ५ लिन मानिसहरु हप्तौ दिन सडकमै लाईन वसेका थिए भन्दा हामी चकित भएका थियौ, गुगल ग्लास लिनको लागी पनी त्यस्तै अवस्था  आउदैन होला भन्न सकिन्न ।  ईन्टरनेटमा देखिएको गुगल चश्मा प्रतिको क्रेज हेर्दा यती भनिरहन कुनै गाह्रो छैन । अमेरिकामा गुगल चश्मा मानिसको हातहातमा पर्नासाथ पहुच भएका नेपालीहरुले पनी सजिलै प्रयोग गनेछन् । अनि तपाईपनी उक्त गुगल चश्मा प्रती जिज्ञासा राख्न तथा जानकारी चाहनुहुन्छ  भने गुगल डटकम स्ल्यास ग्लास स्लायस स्टाट  मा लग ईन गरेर वुकिङ गर्न सक्नुहुन्छ ।   


~ चिया गफमा गुगल ग्लास ~ 
विराटनगरका तुषार खतिवडा हाल काठमाण्डौमा व्याचुलर ईन कम्प्युटर ईन्जिनियरिङ पढीरहेका छन् । वागबजार स्थित एक खाजा पसलमा खाजा खादै गर्दा उनी भन्छन् युट्वमा सो अविश्सनिय गुगल चश्माको फिचर  हेरेर छक्क परे ।  साथै उनी थप्छन् अहिल्य विश्वमा गुगल चश्माले बजार तताएको छ । अफिसमा त्यै गुगल चश्माकै चर्चा हुन्छ , कलेजका साथीहरु पनी  गुगल चश्मामै छलफल गरिरहेका हुन्छन् ।  जताततै गुगल चश्माको कुरा सुनिरहेको हुन्छु । उनले खाजा खादै गर्दा गुगल चश्माको सम्पुर्ण फिचर सुनाए । रोल्पाका उमेश सुवेदी तुषार सगै सोहि होटलमा तरकारी समोसा खादैछन् । उनी मास्र्टस् ईन जर्नालिजम्का  अन्तिम वर्षका विद्यार्थी हुन् । तुषारको कुरा सुनेर उमेश छक्क परेका छन् उनी तुषारलाई सोध्छन् ? गुगल चश्माले त अव मानिसलाई एकलकाटे त वनाउदैन ? तुषार कुरा जोड्छन् , एकलकाटे मात्रै हैन अव खान, सुत्न नै   विर्सिन्छन् । भर्चुअस संसारमा रमाउनेहरुको लागी त यो भन्दा ठुलो माध्यम  के नै हुन सक्छ र उनले प्रतिप्रश्न गरे ।  अव सडकमा हिड्दैगर्दा मानिसहरु गुगल ग्लासमै रमाउन थालेपछि सगै हिडेको साथीलाई विर्सिनेनै भएनी तुषार भन्छन् । उमेशले सोध्छन्, यस्तो आश्चर्यचकित चश्मा कहिल्य लगाउन पाईएला त ? तुषार मुस्कुराउदै छन् उनले भने यो वर्षको अन्तिममा गुगलले त्यो अविश्वसनिय चश्मा बजारमा ल्याउदैछ । पहिल्य विश्वका धनि देशका नागरिकले प्रयोग गर्नेछन्, नेपालीहरुको लागी त्यो सहज र सरल भईसक्दा नसक्दै अर्को प्रविधीले विश्व पिटिसकेको हुनेछ ।  उमेश सहि थप्छन् हुन त गुगलले बजारमा ल्याउने भनेको गुगल चश्मा जस्तै एप्पलले पनी आईग्लास ल्याउने भनिसकेको छ ।  
'नेपाली भाषाको साईटमा गुगलले एड्सेन्स विज्ञापन रोक्दैछ'

_____________________________________________________________________________________________________________________________________________________

       नेपाली साईट चलाउछु । त्यसमा पब्लिक विज्ञापन त राखिनै हाल्छु गुगलले दिदै आएको अनलाईन विज्ञापन राखेर समेत राम्रो कमाई गर्नुपर्ला भनेर सोचिरहनुभएको छ भने एक छिन पर्खिनुस् । तपाईले सोचाई परिवर्तन गर्नुपर्न भएको छ । नेपाली भाषाका केहि चर्चित साईटमा गुगलले आफ्नो विज्ञापन सेवा वन्द गरेको छ । अनलाईन खबर, ईकान्तिपर, एवं नागरिकन्युजमा गुगलले अनलाईन विज्ञापन ब्लक गरेको छ । हेर्नुस् ती साईटमा गुगलको विज्ञापन देखिदैन । तर अन्य साईटमा भने  गुगल विज्ञापन डिस्प्ले हुन कुनै रोकावट छैन । यी तीन नेपालका चर्चित साईट हुन् र दैनिक लाखौ मानिसले भिजिट गरिरहेका छन् सोहि अनुपातमा गुगल एड्सेन्सवाट कमाई पनी गरिरहेका थिए तर अव यो क्रम रोकिने भएको छ ।  

किन यी साईटमा एड्सेन्स व्लक भए त ?
नेपाली भाषालाई गुगलले मान्यता दिएको छैन अर्थात नेपाली भाषालाई गुगलले चिन्दैन । अग्रेजी भाषामा एप्रुभ गराईएको एड्सेन्स कोडलाई तोडमोड गरिएर नेपाली युनिकोडका साईटमा राखिदै आईएको छ । नेपाली भाषाको सवै जसो साईटमा गुगलको निति नियमभन्दा वाहिर गएर गुगलको विज्ञापन राखिएको छ । नेपाली भाषालाई भेरिफाई नगर्नु र एड्सेन्स कोडलाई तोडमोड गरिनुनै एड्सेन्स रिमुभ गरिनुको मुख्य कारण हो । के पनी अनुमान लगाउन सकिन्छ भने यी नेपालका चर्चित साईटहरु हुन् र पहिलो चरणमा गुगलले कारवाही अगाडी वढायो । क्रमश अन्य नेपाली साईटमा रहेका विज्ञापन पनी व्लक गर्ने सम्भावना छ भन्न सकिन्छ ।

 सञ्चालक के भन्छन् त ?
 ईकान्तिपुर अपडेट गर्दै आएका एक पत्रकारका अनुसार ईकान्तिपुरमा अपडेट भएका सामाग्री गुगलको टर्म एण्ड पोलिशी भन्दा वाहिर भएकाले गुगलले आफ्नो विज्ञापन रोकेको हो, । उनी भन्छन् नेपाली युनिकोडकै कारण गुगलले विज्ञापन रोकेको प्राप्त मेलमा वताएको छ । अहिल्य नेपालका तिन साईट र भारतका केहि साईटमा गुगलको विज्ञापन देखिदैन, ईकान्तिपुरको होम पेज अग्रेजी भएकाले पुर्न एड्सेन्स राख्न सकिने सम्भावना रहेको छ । 

नागरिकन्युजका ऋषिकेश दाहाल पनी यसै भन्छन् : "नेपाली भाषा भएकै कारण गुगलले एड्सेन्स विज्ञापन रोकेको जानकारी दिएको छ । ईमेलमा प्राप्त म्यासेज अनुसार गुगल एड्सेनसको निति नियम भन्दा वाहिर रहेर एड्सेन्स राखिएको हुनाले रोकिएको हो ।" दाहाल भन्छन् नागरिक न्युज मात्रै नभएर भारतको केहि युनिकोड एवं अग्रेजी साईटमै गुगलले विज्ञापन रोकेको देखिएको छ र नेपालका अन्य नेपाली भाषाको साईटमा समेत एड्सेन्स रोक्ने सम्भावना देख्दछु ।


वेफाईदा के त ?
यदि गुगलले नेपाली साईटवाट एड्सेन्स रिमुभ गर्दैगयो भने चर्चित साईट एवं मुलधारका पत्रपत्रिकाको अनलाईन पोर्टलहरु त टिक्छन् नै । त्यस्ता साईटलाई आर्थिक रुपमा थोरवहुत असर परेपनी नियमित सञ्चालनको लागी समस्या नहोला । तर अनलाईन पत्रकारिता गर्छु एवं नेपाली भाषाका साईट चलाएरै भविष्य खोज्छु भन्नेहरुको लागी भने ठुलै समस्या हुनसक्ने देखिन्छ । अनलाईन विज्ञापन राखेर अदृष्य रुपमा कमाई गर्दै आएका त्यस्ता साईटहरुलाई  ठुलै धक्का लाग्ने निश्चित छ ।

अनि फाईदा चै ?
फेसवुकमा देख्नु नै भएको होला 'यो फोटो लाईक गर्दै यो लिकंमा क्लिक गर्नुस अनि के देख्नु हुन्छ' भन्ने खालका साईटहरु वन्द हुनेछन् । के के न पो होला भन्ने उत्सुकता जगाउने र अन्त्यमा आफ्नो साईटमा ठक्कर ख्वाउने त्यस्ता साईटहरु बन्द हुनु भनेको खुसीकै कुरा हो । एड्सेन्सकै लागी सञ्चालन भईरहेका कपिपेष्ट वाला साईटहरु पनी पुर्ण रुपमा वन्द हुनेछन् । भुमिगत भएर सञ्चालन गरिएका अर्ध पोर्न साईटहरुले पनी नेपाली ईन्टरनेट युजरलाई झुक्काउने र भुल्याउने खेलवाट हात धुनु पर्नेछ ।


अन्त्यमा
कसैगरी यि तिनवाहेक अन्य नेपाली साईटवाट गुगलले आफ्नो एड्सेन्स विज्ञापन हटाएपनी अथवा नहटाएपनी नेपाली भाषा भेरिफाई गर्नको लागी भने सम्वन्धीत निकायको ध्यानाकर्षण हुन आवश्यक छ । नेपालमा २० औ लाख ईन्टरनेट युजर हुदाहुदै पनी गुगलले नेपाली भाषालाई अवहेलना नै गरिरहेको छ ।  एड्सेन्स मात्रै नभएर गुगलको अन्य धेरै उत्पादन (ट्रान्सलेट,जिमेल मनि ट्रान्सफर लगायत ) उपभोग गर्न नेपाली ईन्टरनेट युजर वन्चित भईरहेका छन् ।
ईन्टरनेटमा पासवर्ड विर्सिनुभयो ? 'नो टेन्सन'

_____________________________________________________________________________________________________________________________________________________

           कम्प्युटरको ओपन वटम प्रेस भएसगै कुन कुन साईट भिजिट गर्नुहुन्छ ? पहिल्य लगईन गर्ने भनेकै फेसवुक हुनुपर्छ त्यसपछि ट्वीटर, जिमेल, स्काईप, याहु एवं व्लग बेवसाईट ईत्यादी । साधारणतया यती साईटहरु एक व्यक्तिले दैनिक रुपमा प्रयोग गर्दै आएका हुन्छन् । ईन्टरनेटसगँ सम्वन्धीत रहेर काम गर्ने हरुको हकमा भने धेरै नै साईटहरु लगईन गरिरहनु पर्ने हुन्छ । ईन्टरनेट कनेक्ट गरिएको अफिसमा पनी आफ्नो त छदैछ अफिसको पनी फेसवुक, ट्वीटर, जिमेल, बेवसाईट, लगायत धेरै साईटहरु खोलिरहनु त पर्छ नै । यतिका धेरै साईट लगईन गरिरहदा के पासवर्ड त सजिलै सम्झिन सक्नुहुन्छ ?
         कसै कसैले त डायरीमा लेखेर आफु जहाँ तयो त्यहि बोकेर हिडिरहेका पनी हुन्छन् । सम्झनै गाह्रो हुने गरी साईटहरु लगईन गरिरहुनभएको छ भने समस्याको समाधान के त ? चिन्ता नलिनुस्, तपाईले रोवो फर्मको प्रयोग गर्न सक्नुहुन्छ । रोबो फर्म (Roboform) पासवर्ड सम्झाउने सफ्टवेयर हो । विश्वका दशौ लाख मानिसले यो सफ्टवेयरको प्रयोग गरिरहेका छन् । डेक्सटपका साथै मोबाईलमा पनी यो सफ्टवेयर प्रयोग गर्न सकिन्छ । अनि धेरै अपरेटिङ सिस्टमलाई सपोर्ट गर्ने गर्दछ । विश्वको नम्वर एक पासवर्ड सम्झने सफ्टवेयर भएको रोबो फर्मले दावी गरेको छ ।
निशुल्कै हो त ?
         यदि तपाई दश वटा साईट सम्ममा रोबो फर्मको प्रयोग गर्नुहुन्छ भने यो निशुल्क हो । भन्नाले तपाई फेसवुक,ट्वीटर,जिमेल,याहु,स्काईप गर्दै दशवटा साईटसम्ममा पासवर्ड सम्झन यसले निशुल्क काम गर्ने गर्दछ । दशभन्दा वढी जतिपनी साईटमा पासवर्ड सम्झिदिए हुन्थ्यो भन्ने लाग्छ भने चै पैसा तिर्नुपर्ने हुन्छ । वार्षिक दश डल्लरको हाराहारी देखी भुक्तानी गर्नुभयो भने यसले पासवर्ड सम्झने काम त छदैछ अन्य धेरै काममा सपोर्ट गर्ने गर्दछ ।
काम काईदाकै गर्छ त ? भिडियोमा हेर्नुस् न ।


पैसा तिर्ने काम पछि गरुला अहिल्य सित्तैमा पाईने सेवा सुविधा चै डाउनलोड गरुन त भन्ने लाग्छ भने यहाँ क्लिक गर्नुस् ।
'मोबाईलमा निःशुल्क भोईस च्याट गर्नुस्'

_____________________________________________________________________________________________________________________________________________________

- यदि तपाईले नेपाल टेलिकमको स्काई फोन प्रयोग गर्नुभएको थियो भने १६१६ नम्वर डायल गरेर निशुल्क भोईस च्याट गर्नुको स्वाद थाहा पाईसक्नु भएकै छ । निशुल्क पठाउन मिल्ने भोईस म्यासेजको मज्जै भिन्नै छ । तर के तपाईले जुनसुकै मोबाईलवाट भोईस म्यासेज गर्न सकिरहनुभएको छ ? यदि मोबाईलदेखी मोबाईलसम्म विश्वको जुनसुकै ठाउँमा निशुल्क भोईस म्यासेज पठाउन चाहिरहनुभएको छ भने वुई च्याट (We Chat ) एप्सको तपाईको लागी उपयुक्त हुनेछ ।
वुई च्याटवाट भोईस म्यासेज मात्रै हैन फोन कल , टेक्स्ट म्यासेज, फोटो तथा भिडियो सेयर पनी गर्न सक्नुहुन्छ । साथै ग्रुप च्याट, लोकेशन म्यानेज, मोमेन्टस् नोटिस् जस्ता थुप्रै सुविधा पनी सोहि एप्सवाट पाउन सक्नुहुन्छ । भोईस च्याटको लागी यो एप्स निकै युनिक भएकै कारण प्रयोग दर निकै वढिरहेको छ ।

भाईवर भन्दा वुई च्याट ईन्स्टल गर्नेको सख्यादर वढीरहेको छ । मासिक २५ प्रतिशतले उई च्याट प्रयोगदरमा वृद्धि भईरहेको तर भाईवर भने करिव ८ प्रतिशतले मात्रै वढीरहेको गुगल प्लेको तथ्याकंलाई आधार मानेर एन्ड्रोईड ¥याङक डट ओआरजीले गएको अप्रिलमा तुलनात्मक रिपोर्ट प्रस्तुत गरेको थियो ।

उई च्याटले गुगल प्लेमा भनेको छ यो एप्सले निकै द्रुत गतीमा काम गर्नेछ भने दिर्घकालिन एवं कल गोपनियतामा विश्वसनिय छ । तिन सय मिलियन भन्दा वढी मोवाईलमा यो एप्स ईन्सटल भईसकेको छ । आईफोन, एन्ड्रोईड, विण्डोज नोकिया, व्लायकवेरी लगायत अपरेटिङ सिस्टमका स्मार्ट मोवाईलमा वुई च्याट ईन्सटल गरेर तपाईले यी विविध सुविधा निशुल्क पाउन सक्नुहुनेछ । वुई च्याटको प्रयोग गर्न ईन्टरनेट कनेक्ट भने अनिवार्य छ ।
पैसा दिने नयाँ सामाजिक सञ्जाल 'सु'

_____________________________________________________________________________________________________________________________________________________

'सामाजिक सञ्जालमा लाखौं मानिसको दैनिक घन्टौं समय खेर गइरहेको छ। इन्टरनेटमा समय खर्च भएबापत फेसबुक, ट्विटरले न पैसा दिन्छ न त हजारौं साथी एवं फलोअर्सबाट कुनै काम लिन सकेको छ। इन्टरनेटको लत त्याग्न सके अफ लाइनमा सिर्जनात्मक काम गर्न सकिन्थ्यो कि?' यस्तो सोच राख्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई ध्यानमा राखेर नयाँ सामाजिक सञ्जाल सु (tsu.co) इन्टरनेट बजारमा आएको छ।
         ७० लाख अमेरिकी डलरमा अमेरिकाको न्युयोर्कबाट गत अक्टोबर १४ देखि सु सर्बजनिक गरिएको यसका संस्थापक सेबस्टियन सोबज्याकलाई उद्धृत गर्दै चर्चित टेक साइट रिकोर्ड डटनेटले जानकारी दिएको छ।

         सुमा एकाउन्ट बनाइसकेका साथीको सटकोर्ड प्रयोग गरेर नयाँ एकाउन्ट बनाउन सकिने यो सञ्जाल फेसबुक, ट्विटरका प्रयोगकर्तालाई खासै नौलो लाग्दैन।

         स्टेटस अपडेट, लाइक, कमेन्ट, सेयर, म्यासेज, फ्रेन्ड रिक्वेस्ट, एसेप्ट, फलोलगायतका सुविधा यसमा छ। चर्चित खेलाडी एवं हलिउड सेलिब्रेटीमार्फत प्रमोसन गराइरहेको सुले छोटो समयमै अमेरिका, भारत, ब्राजिल, श्रीलंका, अस्ट्रेलिया आदि लगायतबाट १० लाख प्रयोगकर्ता पाइसकेको छ ।

         सुको आम्दानीको स्रोत अनलाइन विज्ञापन हो। साइटको दायाँबायाँ यसले अनलाइन विज्ञापनदाता कम्पनीको सहकार्यमा प्रयोगकर्ताको टाइमलाइनमा विज्ञापन देखाउने गर्छ। त्यसको कमाइ प्रयोगकर्तासँग बाँड्ने सुले जनाएको छ।

         सुको दाबीअनुसार कमाइको १० प्रतिशत साइट सञ्चालन गर्न खर्च गरिने, ९० प्रतिशत विभिन्न माध्यम र प्रक्रिया हुँदै प्रयोगकर्तालाई प्रदान गरिनेछ। न्युनतम एकसय डलर कमाइ भइसकेपछि बैंक खातामा जम्मा गर्न सकिने जनाएको यो साइटले अमेरिकी बैकंमा एकाउण्ट नभएकाहरुले भने साथीको एकाउण्टमा ट्रान्सफर गरेर, सुमै अनलाइन विज्ञापन गरेर एवं च्यारिटीमा सहयोग गरेर खर्च गर्न सकिने उल्लेख गरेको छ ।