- भर्खरै एक जना फेसवुक युजरको वालमा अश्लिल फोटो पोष्ट भएको देखियो । त्यो अश्लिल फोटो केटीको नाममा चलाईएका भुमिगत व्यक्तिले अपलोड गरिदिएका थिए । टाईमलाईन खुल्लै थियो र ट्याग परमिशन पनी दिईएको थियो । ति भुमिगत केटिको अनुहारका सायद केटाहरुलाई त कुनै समस्या भएन तर जो साच्चै आफ्नै फोटो राखेर फेसवुक प्रयोग गरिरहेका थिए उसको ईन्टरनेटमा चरित्र हत्या गर्ने प्रयास भयो ।
यदि त्यस्तै घटना तपाईले पनी व्यहोरी रहनुभएको छ भने दोष त्यो उच्छृखल काम गर्नेको मात्रै हैन , तपाईको पनी हो । आफ्नो फेसवुकको सुरक्षा आफैले गर्नुपर्छ त्यो सुविधा मार्क जुकरवर्गले दिएकै छन् । टाईम लाईन वन्द गर्न कुनै पनी हालतमा विर्सिनु हुन्न, ट्याग डिएक्टिभ त गर्न झनै भुल्नु नै हुदैन । र आफ्ना गतिविधी साथीले मात्रै हेर्न मिल्ने वनाउन वनाउन आवश्यक छ ।
कसरी आफ्नो फेसवुकमा ताल्चा ठोक्ने त ? हेरम्
फेसवुकको Privicy Setting मा जानुस् त्यहाँ क्लिक गरेपछि तपाईले Timeline and Tagging मा क्लिक गर्नुस् । तपाईले Who can add things to my timeline? देख्नुहुनेछ । Only me गर्नुस् । Only me गरिसकेपछि तपाईको टाईमलाईनमा तपाई आफैले मात्रै पोष्ट गर्न सक्नुहुन्छ ।अव चाहेर पनी हरुले पोष्ट गर्न सक्दैनन । यो पहिलो एकाउण्ट सुरक्षाको विधी हो ।
त्यस्तै तपाईले Timeline and Tagging मै How can I manage tags people add and tagging suggestions? लेखिएको देख्नुहुन्छ । दायाँतर्फ Edit मा क्लिक गर्नुस् । ट्याग Disable भएको देख्नुहुनेछ । यो हुनु भनेको तपाईको टाईमलाईनमा अरुले सजिलै ट्याग गर्न सक्नु हो । Enabled गर्नुभयो भने अरुले तपाईलाई सहजै ट्याग गर्न सक्दैनन् । ट्याग गरिएपनी आफ्नो टाईमलाईनमा देखिने हुदैन । तर यदि ट्याग गरिएका सामाग्री ठिक छ भन्ने लागेको खण्डमा ड्याग एप्रुभ गर्न भने सक्नुहुन्छ । तपाईले यदि गर्नुमात्रै भयो भने पनी आफ्नो फेसवुक एकाउण्ट सुरक्षा गर्न सफल हुनुभयो ।