_____________________________________________________________________________________________________________________________________________________

१. यू–ट्युव डटकम डोमेन सन् २००५ मा भ्यालेनटाईन डेको दिन रजिष्ट्रर गरिएको हो ।
२. यू–ट्युवको विकास Chad Hurey,steve chen र Jawed karim ले गरेका हुन् । उनिहरु सवै पेपलका जागीर गर्दथे ।
३. यू–ट्युवका तत्कालिन को फाउण्डर Jawed Karim ले मि एट् दि जु शिर्षकमा अपलोड गरेको भिडियो नै पहिलो हो । पछिल्लो समयसम्म सो भिडियो पचासी लाख भन्दा वढी पटक हेरिसकिएको छ ।
४. सन् २००६ नोभेम्वरमा गुगलले १.६५ विलियन डलरमा युट्युव डटकम किनेको हो ।
५. यू–ट्युवमा अपलोड गरिएको एउटा भिडियो हेर्न दुई दिन लाग्छ अर्थात ४८ घण्टासम्मको भिडियो अपलोड भएको छ ।
६. एक जना प्रयोगकर्ताले महिनामा औषत १४ पटक यू–ट्युव हेर्ने गर्दछ भने औषत २५ मिनेट समय खर्चन्छन् ।
७. १८ वर्षदेखी ५४ वर्षसम्मले हेर्न सकिने व्यवस्था गरिएको यू–ट्युवको ३० प्रतिशत प्रयोगकर्ता अमेरिकन रहेका छन् ।
८. एक मिनेटमा औषत ४ सय यू–ट्युव भिडियो टुईटरमा सेयर भईरहेका छन् ।
९. अमेरिकाको युनिभर्सल म्युजिक ग्रुपको भिडियो यू–ट्युवमा सवैभन्दा वढी हेरिएको छ । सो ग्रुपले अपलोड गरेको ३४ वटा भिडियो पछिल्लो तथ्याङक अनुसार ६ अर्व ९१ करोडभन्दा वढी पटक हेरिएको छ ।
१०.फेसवुकको लाईक पेजमा यू–ट्युव अग्रडी चौथौ स्थानमा रहेको छ । ६ करोड १० लाख भन्दा वढी फेसवुक युजरले यू–ट्युवलाई लाईक गरिसकेका छन् ।

No comments